जनकपुर। भूमि व्यवस्था तथा सुकुम्बासी आयोग खारेजीको बिरुद्धमा आन्दोलनमा गएका युवा संघका सुमन सुनको सिक्री लगाएको फोटोका कारण चर्चामा आएको दुई दिनपछिधनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले कार्यकक्षमै मसाज गराएको तस्वीर सामाजिक सन्जालमा भाइरल बनेको छ । सामाजिक सन्जालमा भाइरल बनेको उक्त फोटोमा मेयर दासले कार्यालयभित्रै सोफामा पल्टेको र कार्यालय सहयोगीले मसाज गरेको देखिन्छ ।
सहयोगी करण दासले खुट्टामा मसाज गरिरहेको फोटो झ्यालबाट एक जना स्थानीयले खिचेर सामाजिक संजालमा हालेपछि भाइरल बनेको हो । उक्त फोटोका कारण मेयर बेचनको ब्यापक आलोचना भइरहेको छ । तर मेयर बेचनले उक्त फाटो ‘जेठ महीनामा कोरोनाबिरुद्धको दोस्रो खोप लगाएपछि हाँतखुटकार्यालयमै बेहोस जस्तो भएको थ्टिा दुखेका कारण भाइ पर्ने करणलाई मसाज गरिदिन आग्रह गरेको दाबी गरेका छन् । उनले सामान्य घटनालाई विना कारण अतिरञ्जित गरिएको उनको भनाई छ ।