नेपालगन्ज— भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना भएका दांगका एक पुरुष, सुर्खेतका एक महिला र रोल्पाका एक पुरुष गरी तीन कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले बाहिर जिल्लाबाट उपचारका लागि आएका तीन कोरोना संक्रमितको मृत्यु भएको बताए । योसंगै बाँकेमा कोरोना ंसंक्रमणका कारण मृत्यु हुनेको संख्या ७०८ पुगेको छ । ति मध्ये बाहिर जिल्लाका ३८६ र बाँकेका ३२२ जनाको मृत्यु भएको छ । यता बाँकेमा सावधानी अपनाउन छोडिएपछि कोरोनाको संक्रमण बढेका छ । जिल्ला आपतकालिन सन्चालन केन्द्र बाँकेका अनुसार शनिबार एकै दिन बाँकेमा दिन ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २०७ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा र १३ हजार ७ सय ९८ को एन्टीजेन परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण देखिएको हो ।