त्यो एसएलसीः रिजल्ट हेर्न कुर्नुपर्थ्यो ५ दिन, श्रेणीको मतलब बाल – Dastabej

त्यो एसएलसीः रिजल्ट हेर्न कुर्नुपर्थ्यो ५ दिन, श्रेणीको मतलब बाल


  • शंकर अशान्त

  • नेपालगन्ज ।  आजको एसइइ परीक्षालाई लामो समय एसएलसी नामले चिनियो । त्यो अघि यसलाई हाईस्कुल र प्रवेशिका जस्ता नामले बुझियो । धेरै अघि यसलाई म्याट्रिक पनि भनेको सुनिन्थ्यो । शिशुदेखि दश कक्षासम्मको शैक्षिक कमाईको रुपमा बुझिने एसएलसीलाई फलामे द्धारपनि भनियो । फलामे ढोका भनेकोले नै होला बिद्यार्थीभित्र मनोवैज्ञानिक त्रास रहन्थ्यो । मान्छे शिक्षित दरिनको लागि होस् या खरिदारको लागि योग्य हुन होस् ,एसएलसीलाई मानकको रुपमा लिईन थालियो । आजकल बिद्यालयहरुले शतप्रतिशत उत्तीर्ण गराईरहेका हुन्छन् ।

    अझ अब्बल स्तरको नतिजाको लागि कम्मर कसेर लागेका हुन्छन् । पुराना दिनमा भने एउटा स्कूलमा एक दुईजना जनामात्रै पास हुन्थे । एकजनापनि उत्तीर्ण गराउन नसक्ने बिद्यालयको मोरल डाउन हुन्थ्यो । निल स्कुल थुप्रै हुन्थे । केही बर्ष निल ब्यहोरेको बिद्यालय ग्रेड डाउनमा पर्थे । धेरै बिद्यार्थीलाई टेस्टको टाईट परीक्षाले रोक्थ्यो । फेयर परीक्षा गरिएको देखाउन बिद्यार्थीलाई टेस्टमै गुल्ट्याइदिन्थे । टेस्ट परीक्षामा सामेल भएकामध्ये आधाभन्दा बढीलाई फेल हुन्थे । ती मध्ये धेरैले सदाका लागि पढाईलाई बिश्राम लगाउँथे ।

    एसएलसी पास हुनेको घरमा भोज भतेर लाग्थ्यो । कुन श्रेणीमा पास भएको भन्नेतिर कसैको चासो हुँदैनथ्यो । उत्तीर्ण बिद्यार्थी सेलेब्रेटी भैहाल्थे ।एसएलसीको नतिजा गोरखापत्रमा मात्रै छापिन्थ्यो । गोरखापत्र गाउँठाउँमा आउनका लागि पाँच दिनसम्म कुर्नुपथ्र्यो । स्टेसनरी पसलले टन्नै कमाउँथे । नतिजा हेर्न बिद्यार्थीको भीड लाग्थ्यो । नम्बर भएका बिद्यार्थीले रु.पाँच दिनुपथ्र्यो फेल भएकालाई छुट हुन्थ्यो । सबैभन्दा अचम्मको कुरा दुई बिषयसम्म लागेर पुरकमा फसेको थाहा पाउन मार्कसिटको लागि थप पाँचदिन कुर्नु पथ्र्यो भने परीक्षा चाँहि अर्को ब्याचसँगै एकसाल पछि दिन पाउँथे । आजका आन्तरिक मूल्यांकन परीक्षा र अनलाईन झटपट नतिजा पाउने बिद्यार्थीहरुका लागि त्यो एसएलसी किंबदन्ती लाग्नसक्छ ।

  • २४ श्रावण २०७८, आईतवार १३:४० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु