भूमिसम्बन्धी आयोग खारेजबिरुद्धको रिटमा आज सर्बोच्चमा सुनुवाई हुँदै – Dastabej

भूमिसम्बन्धी आयोग खारेजबिरुद्धको रिटमा आज सर्बोच्चमा सुनुवाई हुँदै


  • दस्तावेज

  •  

    काठमाडौँ— कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको निर्णयबिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज सोमबार सुनुवाई हुने भएको छ ।सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट चार वटा रिटनिवेदन परेको छ । सरकारले खारेज गर्ने गरेको भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतलाई विपक्षी बनाइ आइतबार दायर गरिएको हो । उक्त रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ ।

    सरकारले भूमि आयोग खारेज गरेको निर्णयले भूमीहित दलितको संवैधानिक हक र भूमीहीन सुकुम्वासीको कानुनी मार्गलाई अनिश्चिततापूर्वक ढंगले अवरुद्ध गर्ने गरेको दाबी गर्दै मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ । आयोग खारेज हुँदा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्धारित गर्ने प्रक्रियामा अवरोध पुगेको रिटमा तर्क छ ।

  • २५ श्रावण २०७८, सोमबार ०८:४० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश