टोक्यो ओलिम्पिक्स २०२०: जापानद्वारा बिदाइ, अर्को ओलिम्पिक्स प्यारिसमा – Dastabej

टोक्यो ओलिम्पिक्स २०२०: जापानद्वारा बिदाइ, अर्को ओलिम्पिक्स प्यारिसमा


  • दस्तावेज

  •  

    बीबीसी । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थितिबिनै टोक्यो ओलिम्पिक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए। उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान्‌ उपहार आशा दिएको टिप्पणी गरे। कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए।

    अर्को प्यारिसमा

    समारोहमा ओलिम्पिकको झण्डा प्यारिसका मेयरलाई हस्तान्तरण गरियो जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ।अरू अधिकांश प्रतिस्पर्धाझैँ फाइनल खेलहरू पनि एउटा रङ्गशालामा दर्शकहरूको उपस्थितिविनै भए।प्रतिस्पर्धामा गएका देशका खेलाडीहरूले सङ्गीत, नृत्य र झिलिमिलीबीच समापन समारोहमा  उपस्थित जनाए।आयोजकहरूका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण मात्र १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन्।

    टोक्यो

    तस्बिर स्रोत,REUTERS

    पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ भने त्यसभन्दा एउटा कम पाएको चीन दोस्रो स्थानमा रह्यो।आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो।टोक्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमारहेका छन् भन्ने जानकारी तल समेटिएको छ।

     

  • २५ श्रावण २०७८, सोमबार १०:२३ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी