मागेजति दिए कमाल,नदिए बन्धकः लाज जति तिनाउमा स्वाहा… – Dastabej

मागेजति दिए कमाल,नदिए बन्धकः लाज जति तिनाउमा स्वाहा…


  • दस्तावेज

  • जनआस्था । हप्ता दिन एमालेमा बसी माओवादीमै फर्किएकी लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारी निवासमा बन्धक बनाएको आरोप लगाएकी छन् । सांसद वलीको आरोपमा कुनै सत्यता नभएको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिक्रिया समेत जनाइसकेका छन् । मुख्यमन्त्री पोखरेलसँग भेट गराइदिन पटकपटक आग्रह गरेपछि ढकालले वातावरण मिलाइदिएको भनिएको छ । वलीलाई आफ्नो सांसद दाबी गर्दै आएको एमालेले उनका लागि स्पष्टीकरण पत्र तयार पारेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रबाट पठाएको स्पष्टीकरण पत्र लिएर गत साउन १५ गते दाङ पुगेका प्रमुख सचेतक ढकालसँगै सांसद बिमलासमेत बुटवल आएकी थिइन् । बुटवल आई मुख्यमन्त्रीसँग भेटवार्ता गरेकी वलीले एमालेमै भएको मात्रै बताइनन्,आफूले पूर्वसभामुख तथा माओवादी नेत्री ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालमार्फत् ५५ लाख लिएको स्वीकार समेत गरिन् ।सांसद वलीलाई माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले खाजा खर्चका लागि ५० हजार दिएको समेत उनले मुख्यमन्त्री कार्यालयमा सुनाइन् ।
    मुख्यमन्त्री कार्यालय पुगेपछि सांसद वलीले एमाले नेताहरूलाई पहिलो सर्त राखिन्– माओवादी नेत्री घर्ती र बरालले दिएको ५० लाख र तुलारामले दिएको ५० हजार फिर्ता गरिदिनुपर्छ । उनले आफूलाई पछिल्लो समय आर्थिक समस्या भइरहेको हुँदा ३०–४० लाख पनि दिनुपर्ने जिकिर गरेकी थिइन् ।
    एमाले नेताहरूले पैसाको कुरा सुनेपनि नसुनेझैँ गरे । पटक–पटकको आग्रहपछि मुख्यमन्त्री कार्यालय पुगेकी उनले पटकपटक आर्थिक संवाद गरेको स्रोतले बताएको छ । करोड हाराहारीको आर्थिक जुटाउन नसक्ने एमाले नेताहरूले स्पष्ट पारेपछि बुधबार बिहानै सांसद वली मुख्यमन्त्री निवासबाट निस्केको बताइन्छ । उनले मुख्यमन्त्री कार्यालयबाट माओवादीनिकट ठेकेदार एकराज बस्नेतको सम्पर्कमा पुगेपछि मन फेरेको एमाले नेताहरू बताउँछन् ।एमाले लुम्बिनी प्रदेशसभाका एक सदस्य भन्छन्,‘मागेजति पैसा दिए कमाल,नदिए बन्धक,यस्तो लाजमर्दो पनि हुन्छ ! कहाँ गयो सांसदको नैतिकता तिनाउ खोलाले बगायो । अझ दिउँसै सांसद किन–बेच गर्नेको रोइलो !’-नृप भुसाल
  • २५ श्रावण २०७८, सोमबार १०:३६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर