भूमिहिनको पीडाः दशकदेखि जोतभोग तर लालपुर्जा छैन,बाँकेमा ८७ हजार ६८४ परिवार भूमिहिन – Dastabej

भूमिहिनको पीडाः दशकदेखि जोतभोग तर लालपुर्जा छैन,बाँकेमा ८७ हजार ६८४ परिवार भूमिहिन

कहिले आयोग खारेज हुन्छ, कहिले पुर्जा रद्द


  • दस्तावेज

  •  

    बाँके— करिव चार दशकअघि जानकी गाउँपालिका बेलभार भैयापुरमा घर बनाएर बसेका सर्वसाधारण हालसम्म जग्गाको लालपुर्जा नपाएपछि भूमिहिन छन् । त्यहाँ खाली पर्ती जग्गामा करिव ४० घर परिवारको बस्ती छ । ०३३ सालमा बसेको बस्तीका स्थानीयले यसअघि गठन भएका धेरै भूमि तथा सुकुम्बासी समस्या समाधान आयोगमा पुर्जाका लागि निवदेन दिए । प्रधान मन्त्री केपी शर्मा ओली सरकारले गठन गरेको भूमि आयोगमा पनि निवदेन दिए । जग्गा नाँपचाँच हुँदा उनीहरु खुसी थिए । तर शेरबहादुर देउवाको सरकार आएलगत्तै भूमि आयोग खारेजगरिएपछि उनीहरु फेरि निरास बनेका छन् । ‘हाम्रो जीवन भूमिहिन भएरै बित्ने भो । घर बनाएर बसेको जग्गाको लालपुर्जा पनि पाउन सकिएको छैन,’ सरकारले हालै भूमि आयोग खारेज गरेपछि भूमिहिन जितराम सुनारले भने,‘घर बनाएर बस्न थालेको करिव ४० वर्ष हुन थाल्यो । आयोगले पुर्जा वितरण गर्ने भन्छ घरी रद्द गर्छन । कहिले आयोग खारेज हुन्छ ।’

    त्यस्तै २०३६ सालदेखि बसोबास गर्दै आएका नौवास्ता रामपुरका ४२ घरपरिवारले पनि हालसम्म लालपुर्जा पाएका छैनन् । उनीहरुले लालपुर्जाका लागि बर्षौदेखि संघर्ष गर्दै आएपनि घर बनाएको जग्गाको लालपुर्जा नपाएका हुन । ‘घर बनाएको जग्गाको लालपुर्जा पाउन ३५ वर्षसम्म कुर्नुपरेको छ,’ रुपलाल साउँद भन्छन्,‘सरकारले पुर्जा दिनुको साटो हामीलाई उठाउने प्रयास ग¥यो । अबको आयोगले हामीलाई भूमिहिनबाट मुक्ति दिने लागेको थियो । त्यो पनि खारेज भो ।’
    नेपालगन्ज उपमहानगरपालिका बसुदेवपुर अलानगरमा २०३६ सालदेखि बस्दै आएका एक सय बढी घरपरिवारले अझै पनि घरबासको लालपुर्जा पाएका छैनन् । उनीहरुले पनि पनि लालपुर्जाका लागि लामो समयदेखि संघर्षरत छन् । ‘बर्षैपिच्छे गठन हुने आयोगमा धाउँछौ । सिफारिस, सरजमिन लिन थुप्रो पैसा खर्च भइसक्यो । तर, पुर्जा पाइएन,’ मिनबहादुर पुनको गुनासो छ ।

    बाँकेको गनापुर फरामबस्ती, नौवास्तास्थित बाजुरेलीबस्ती, चिसापानी विजयपुरबस्ती, बन्कटवाको बस्ती, फत्तेपुर गुलरी, कमैयाडाँडा र बेलहरीलगायतका बस्तीका सयौँ स्थानीय लालपुर्जा पाउनबाट बञ्चित भएका छन् । सरकार परिवर्र्तनसंगै गठन हुने भूमि आयोग कहिले खारेज हुने, कहिले पुर्जा फिर्ता लिने गरेका कारण भूमिहिनको समस्या समाधान हुन नसकेको हो । बाँकेमा ८७ हजार ६ सय ८४ परिवार भूमिहिन छन् । आयोगले सार्वजनिक गरेको विवरण अनुसार देशभरमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या ८ लाख २० हजार ९ सय २० परिवार रहेको छ ।

  • २५ श्रावण २०७८, सोमबार १४:१९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश