काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका ३ सांसदलाई कारवाही गरेको भन्दै त्यसलाई रोक्न परेको रिट निवेदनमा सर्बोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेको छ । अदालतले विपक्षी जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । थप छलफलका लागि भदौ ८ गतेको मिति तोकिएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारीकता विवादको टुंगो लागेपछि लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाहीको निर्णय गरेको थियो ।