बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै, २४ घण्टामा ३१७ जनामा संक्रमण – Dastabej

बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै, २४ घण्टामा ३१७ जनामा संक्रमण


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ल आपतकालिन सन्चालन केन्द्रका अनुसार १६६ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा र १४५९० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दो छ । सावधानी नअपनाउँदा संक्रमणको ग्राप बढ्दै गएको हो । केन्द्रका अनुसार ११८ कोरोना संक्रमितहरु होम आइलोसनमा बसेका छन् भने ४३३ जना उपचारकै क्रमम छन् । ३४ जना संक्रमितहरुलाई आईसोलेसनमा राखिएको छ भने ५ जना भेन्टीलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट ३२२ जनाको मृत्यु भएको छ । हालसम्म १७७१९ जना संक्रमित भइसकेका छन् भने १७२८६ जना निको भइसकेका छन् ।

     

     

     

     

     

     

  • २५ श्रावण २०७८, सोमबार १७:०५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ