जसपाले महन्थसहित १६ नेताको नाम कार्यकारिणी समितिबाट हटायो, ५१ बाट ३५ मा झर्यो समिति – Dastabej

जसपाले महन्थसहित १६ नेताको नाम कार्यकारिणी समितिबाट हटायो, ५१ बाट ३५ मा झर्यो समिति


  • दस्तावेज

  •  

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६नेतालाई हटाएपछि ५१ बाट कार्यकारिणी समिति ३५ मा झरेको छ । तर जसपको बिधानमा भने दुई अध्यक्ष रहने व्यवस्था छ । कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यमा राखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत नपुर्‍याई नयाँ दल दर्ता गर्न मिल्दैन । जसका कारण नेता ठाकुरलाई सकस भएको छ ।
    जसपाको ठाकुर र यादवबीचको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । यादव पक्षमा रहेका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ । आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

     

     

     

     

  • २५ श्रावण २०७८, सोमबार १८:०० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?