कुलतमा फस्दै नयाँ पुस्ताः लागुऔषध दुर्व्यसनी मध्ये ३२ प्रतिशत बालवालिका – Dastabej

कुलतमा फस्दै नयाँ पुस्ताः लागुऔषध दुर्व्यसनी मध्ये ३२ प्रतिशत बालवालिका


  • दस्तावेज

  •  

     

    नेपालगन्ज । बाँकेमा लागुऔषध दुर्व्यसनी मध्ये ३२ प्रतिशत बालवालिका रहेको पाइएको छ । प्रहरीका अनुसार १५ मुनिका बालवालिका पनि दुव्र्यसनीमा फसेका छन् । कुलतमा फसेका बालबालिकाहरुले जुत्ता, चप्पल टाल्न प्रयोग गरिने सोलुसनलाई लागु औषधका रुपमा प्रयोग गर्न थालेका छन् । उनीहरुले फालिएको प्लास्टिकका झोला वा शिशीमा सोलुसन राखेर मुखले जोडले फुकेर नशा लिने गरेका हुन ।सवारी साधनका पञ्चर भएको ट्युब टाल्न पनि सोलुसनको प्रयोग गरिन्छ । त्यसलाई लागुऔषध नमानिने भएकाले भारतीय बजारबाट ल्याउन सजिलो छ । १० देखि १५ वर्षमुनिका बालवालिकाहरु पनि यसरी लागुऔषध प्रयोग गरेको पाइएको छ ।

    कुलतबिरुद्व नेपालगन्जमा अभियान सञ्चालन गदै आएका संस्थारुका अनुसार बालवालिकाहरु सोलुसनलाई लागुऔषधका रुपमा प्रयोग गरिरहका हुन । सडक बालवालिका, अभिभावक गुमाएका र परिवारले निगरानी नगर्दा बालवालिकाहरु कुलतमा फस्ने गरेका हुन । लागुऔषधको रुपमा प्रयोग हुन थालेपछि सोलुसनको बिक्री पनि बढेको छ । उक्त समान भारतीय बजारबाट ल्याउँदा सीमामा खासै नरोकिने भएकाले कुलतमा फसिसकेका व्यक्ति र व्यवसायीले सजिलै ल्याउनेृ गरेका छन् । लागुऔषध सहित विभिन्न व्यक्तिहरु दैनिकजसो पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष भरिने गरेको छ । पक्राउ पर्नेमा लागुऔषध बोक्ने भरिया र दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ । दैनिकजसो पक्राउ परेका त्यस्ता व्यक्तिहरुलाई राख्न प्रहरीलाई ठाउँ अभाव हुने गरेको छ । पक्राउ परेकाबिरुद्व मुद्दा चलाउन प्रहरीले हिरासतमा राख्ने गरेको हो । नेपालगन्ज र आसपासका क्षेत्र लागुऔषध कारोबार र प्रयोगकर्ताहरुको केन्द्रबिन्दु जस्तै भएको छ ।  खुला सीमाका कारण यहाँका लागुऔषध तस्करी नियन्त्रण निकै चुनौतीपुर्ण बन्दै गएको छ भने गिरोहको चलखेल बर्षौदेखि जारी छ ।

    शहरबाट लागुऔषध गाउँमा पनि पाउन थालेको छ । झोलमा पाईने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै बिक्री हुन थालेको हो । लागु औषधको कुलतमा बालवालिका पनि फसिरहेको स्थानीयले बताए । नेपालगन्ज र कोहलपुरमा लागुऔषध प्रयोगकर्ता देखिन्थे । देखासिकीमा गाउँका युवा र बालवालिकाहरु दुव्र्यसनीमा फस्न थालेका हुन । लागु औषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरु त्यसतर्फ आकर्षित हुन थालेका हुन ।

     

  • २६ श्रावण २०७८, मंगलवार ०८:३६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता