लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको सत्ता जोगिएला ? आज अविश्वासको प्रस्तावमा छलफल – Dastabej

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको सत्ता जोगिएला ? आज अविश्वासको प्रस्तावमा छलफल


  • दस्तावेज

  • बुटवल— लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलबिरुद्ध विपक्षी गठबन्दनका ३४ सांसदको हस्ताक्षरमा गरिएको समावेदनपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार आजै प्रदेशसभाको विशेष अधिवेशन बोलाएका छन् । जसअनुसार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । के हुन्छ त लुम्बिनी प्रदेश सरकार ? तर सत्तापक्षले अविश्वासको प्रस्ताव सामना गर्ने कि राजीनामा गर्ने तय भएको छैन ।
    घटना १) सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदलाई पद थमौति गर्ने अन्तरिम आदेश दिन अस्वीकार गर्यो । सरकारमा सहभागी भएका जसपाका सासदहरु भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई जसपाले यसअघि पनि कारवाही गरेको थियो । उक्त कारवाहीविरुद्ध अदालत पुगेका थिए । अन्तरिम आदेश दिन नमानेको न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उनीहरुलाई पदमुक्त गर्नुको कारण पेश गर्न विपक्षीहरुका नाममा कारण देखाऊ आदेश भने दिएको छ ।

    घटना २) लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको छ । उक्त मुद्दा मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासम पेसी तोकिएको थियो । सोमबार लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य लीला गिरीले रिट निवेदन दिएका थिए । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै रिट निवेदनमा दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारलाई लिएर अदालतमा पुगको विषयमा सर्बोच्चका दुई आदेशले मुख्य मन्त्री पोखरेललको सत्ता धरमरमा परेको छ । जसपाका तीन प्रदेश सांसदलाई पार्टीले गरेको कारवाही गरेको निर्णयलाई सर्बोच्च अदालतले रोक्ने आदेश दिएको भए मुख्यमन्त्री पोखरेलको पक्षमा भारी बहुमत पुग्न सक्थ्यो । त्यस्तै सोमबार परेको रिटलाई मंगलबार हेर्न नभ्याइएकोमा राखिएको छ । आज बुधबार भने प्रदेश प्रमुखले बिशेष महाधिबेशन बोलाएका छन् । एमालेकै प्रदेश सांसद बिमला खत्रीले माओबादी केन्द्रमा लागेपछि मुख्यमन्त्री पोखरेललाई थप झटका लागेको हो । आफ्नै गृह जिल्ला दांगका बिमलालाई सांसद बनाउनु मुख्यमन्त्री पोखरेलको ठूला हात छ । हाल प्रदेशसभामा रहेका ८० सदस्यमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेका ३८ सांसद मात्र छन् ।

     

     

  • २७ श्रावण २०७८, बुधबार ०५:५९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु