लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा, भावी मुख्यमन्त्रीमा गठबन्धनद्धारा माओवादीका केसीलाई प्रस्ताव – Dastabej

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा, भावी मुख्यमन्त्रीमा गठबन्धनद्धारा माओवादीका केसीलाई प्रस्ताव


  • दस्तावेज

  • बुटवल । अलमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बुधबार दिउँसो राजीनामा दिएका छन् । प्रदेश सभामा अविश्वास प्रस्तावमाथि विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी गराए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

    साउन १९ गते विपक्षी चार दलको गठवन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

     

  • २७ श्रावण २०७८, बुधबार १३:२० प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान