नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७३ जनाको कोरोना भाइरस परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको छ । जिल्ला आपतकालिन सन्चालन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको अभिलेख अनुसार कोरोनाको संक्रमण जिल्लामा बढ्ने क्रममा छ ।
सावधानी नअपनाउँदा संक्रमणको ग्राप बढ्दै गएको हो । केन्द्रका अनुसार ११० कोरोना संक्रमितहरु होम आइलोसनमा बसेका छन् भने ४३१ जना उपचारकै क्रमम छन् । ३४ जना संक्रमितहरुलाई आईसोलेसनमा राखिएको छ भने ५ जना भेन्टीलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट ३२३ जनाको मृत्यु भएको छ । हालसम्म १७७३२जना संक्रमित भइसकेका छन् भने १७३०१ जना निको भइसकेका छन् ।