बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादीबीच आठआठ महिना सरकारको नेतृत्व गर्ने सहमति गरी बिहिबार आज विपक्षी गठबन्धनले तयरी थालेका छन् । सहमति भएको छ । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सुरुको आठ महिनाका लागि माओवादी नेता माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएछिप्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक दलहरुलाई २२ घण्टाको समय तोकेर सरकारमा दाबी पेस गर्न आव्हन गरेका थिए ।
विशेष अधिवेशन आह्वान नै गलत भएको जिकीर गर्दै लुम्बिनी प्रदेशका सांसद लीला गिरीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा परमादेश नदिईएपछि नयाँ सरकारको बाटो खुलेको हो । प्रदेशको सबैभन्द ठूलो दल एमालेले भने सरकारमा दाबी नगर्ने संकेत देखाएको छ ।
। सर्वोच्चले यस मुद्दामा प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा सचिवालयलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको छ र रिटलाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको छ ।