बर्दिया । यहाँका शिक्षकहरुलाई ५ दिने बृहत्तर यौनिकता शिक्षा सम्बन्धि अनुशिक्षण दिइएको छ । प्लान ईन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) को साझेदारीमा सञ्चालित बाल विवाह, छिटो विवाह र जबरजस्ति विवाह परियोजना अन्तर्गत अनुशिक्षण दिइएको हो । बिद्यालयहरुमा यौनिकताको शिक्षा अभिवृद्धि गर्दै बालविवाह न्युनिकरण गर्ने उद्देश्यले ५ दिने तालिमको आयोजना गरिएको परियोजना संयोजक दिनेश कुमार चौधरीले बताए ।
समापन कार्यक्रममा बोल्दै प्लान ईन्टरनेशनल नेपालका परियोजनाका संयोजक झलकराम बिश्वकर्माले तालिमले शिक्षकहरु मार्फत बिद्यालयहरुमा यौनीकता शिक्षा अभिवृद्धि गर्ने र बालविवाह न्युनिकरण गर्ने कार्यमा शिक्षकाहरुको अहंम भुमिका रहेको र यस परियोजनाले बिद्यालयमा यौनिकता शिक्षालाई प्रमुख प्राथमिकता राखेको जानकारी दिए । भेरी वातावरणीय विशिष्टता समुहका कार्यकारी निर्देशक डम्मर सुनारले तालिम समापन नभै नया कार्यको थालनी हुने जनाए । तालिममा सहभागी शिक्षकहरुले तालिमले आफुहरुलाई यौनिकता शिक्षाको सिप तथा ज्ञान प्रदान गरेको र यसले आगामी दिनमा बिद्यालयहरुमा यौनिकता शिक्षा पठनपाठनको लागी थप उर्जा प्रदान गरको अनुभव सुनाए । ५ दिने तालिमको सहजीकरण सागर बुढाथोकी र साजन श्रेष्ठले गर्नु गरेका थिए भने तालिमको समापन भेरी वातावरणीय विशिष्टता समुह बाँके का कार्य समिति सदस्य एवं फोकल पर्सन मिरा खनालले गरेकी थिईन