लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ को हस्ताक्षर, बाँकेबाट मन्त्रीको नाम परेन, यि हुन मन्त्री बन्ने अनुहार – Dastabej

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन ४२ को हस्ताक्षर, बाँकेबाट मन्त्रीको नाम परेन, यि हुन मन्त्री बन्ने अनुहार


  • दस्तावेज

  • बुटवल । लुम्बिनी प्रदेशमा आज बिहिबार अपराह्न नयाँ सरकार गठन हुँदैछ । यसका लागि माओवादी केन्द्रका नेता कुलप्रसाद केसी  लाई मुख्यमन्त्री बनाउने गरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले ४२ प्रदेश सांसदले प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचन समक्ष अस्ताक्षर बुझाएका छन् । सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी गरेका हुन । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

                                                       दाङका डिल्ली चौधरी, कांग्रेसकै प्रमुख सचेतक फकरुद्दिन खान

                                                                            र पाल्पाका वीरबहादुर रानाको पनि चर्चा छ ।

                                                           माओवादीबाट यसअघि सरकारमा सहभागी भएका सुदर्शन बराल,

                                                                      दाङकी दामाकुमारी शर्मा र प्रमुख सचेतक घर्तीको चर्चा छ ।

                                                                            जसपाबाट संसदीय दलका नेता सहश्रराम यादव मन्त्री बन्दैछन् ।

                                                                              बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा मन्त्री बन्ने छन् । 

    प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जना प्रदेश सांसद छन् ।गठबन्धनका तीन दलबाट एकएक जना मन्त्री पठाउने तयारीमा दलहरुले छलफल गरिरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए । गठबन्धनमा रहेको जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताएको छ । लुम्बिनी प्रदेशसभामा जनमोर्चाका १ जना सांसद रहेका छन् ।
    दलहरुको छलफल अनुसार कांग्रेसबाट दाङका डिल्ली चौधरी, कांग्रेसकै प्रमुख सचेतक फकरुद्दिन खान र पाल्पाका वीरबहादुर रानाको पनि चर्चा छ । माओवादीबाट यसअघि सरकारमा सहभागी भएका सुदर्शन बराल, दाङकी दामाकुमारी शर्मा र प्रमुख सचेतक घर्तीको चर्चा छ । जनता समाजवादी पार्टीबाट भने तीनैजना मन्त्री बन्ने निश्चित भएको छ । संसदीय दलका नेता कपिलवस्तुका सहसराम यादवको नेतृत्वमा बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमति ढेंगा मन्त्री बन्ने छन् । तीनजना मध्ये दुई जना विनाविभागीय मन्त्री बन्ने सहमति भएको छ ।

  • २८ श्रावण २०७८, बिहीबार १२:४४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान