काठमाडौं । विश्वकप लिग २ अन्तर्गत आगामी सेप्टेम्बरमा ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म (भदौ २८ देखि असोज ४ गते) सम्म हुने तय भएको छ । तरअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आधिकारिक रुपमा मिति घोषणा गरिसकेको छैन । टाइम्स अफ ओमानले भने सेप्टेम्बर १३ देखि सिरिज सुरु हुने जनाएको छ ।
त्यस्तै, सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी बीचको लिग २ सिरिज हुने पनि टाइम्प अफ ओमानले उल्लेख गरेको छ । नेपालले २०२० फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिका सहितको सिरिज पहिलो पल्ट खेलेको थियो । नेपालको ४ खेलबाट ४ अंक छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले सिरिजका लागि तयारी सुरु गरिसकेको छ।