धरान। लामो समयदेखि अनियमितताको अखडा बनेको आरोप झेलिरहेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । स्वास्थ्य उपकरण खरिद, उपचारका लागि आएका विरामीलाई निजी अस्पताल पठाउने, स्वास्थ्य सेवा गुणस्तरहीन बन्दै गएको लगायतका विषयमा अनियमितता भएको समाचार लगातार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोली बिहीबार छापा मारेर कागज नियन्त्रणमा लिएको हो । अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली प्रतिष्ठानको कार्यालयमा पुगेर त्यहाँका केही कागजात नियन्त्रणमा लिएको हो ।