बाँके कृषिको ११ करोड ६१ लाख ६९ हजारको कार्यक्रम – Dastabej

बाँके कृषिको ११ करोड ६१ लाख ६९ हजारको कार्यक्रम


  • दस्तावेज

  • बाँके । कृषि ज्ञान केन्द्र बाँकेले बुधबार नयाँ वर्षको स्विकृत बार्षिक कार्यक्रम सर्बजनिक गरेको छ । चालु आर्थिक बर्षमा ११ करोड ६१ लाख ६९ हजारको कार्यक्रम प्रस्तुत गरिएको छ । प्रस्तुत कार्यक्रममा तरकारी प्रबद्र्धन, बजारीकरण प्रबद्र्धन, बिउबिजन तथा बिषादीको नियामित अनुगमन, हरित स्वायंमसेवाक नमुना कार्यक्रमलाई बढी प्रथामिकता दिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । यो चालुआर्थिक बर्षमा व्यवासायिक कृषकलाई सिचाईसंग जोड्नका लागि सिचाई प्रबद्र्धन कार्यक्रम, उत्पादन प्रबिधि कार्यक्रम अन्र्तगत मसिनो धान, चैते धान, बसन्ते मकै प्रबद्र्धन कार्यक्रम, किसानलाई अनुदान तथा प्रोत्सहनका लागि प्रतिफलमा आधारित कार्यक्रमहरु यो बर्षको नयाँ कार्यक्रम रहेको प्रमुख ढकालले बताए । कार्यक्रमले गत बर्षको क्रमागत कार्यक्रम अन्र्तगत ब्लक बिकास, स्मार्ट कृषि गाउँ, अभियानमुखि मकै उत्पादन, सडक मार्ग लक्षित कार्यक्रमको पनि निरन्तरता दिएको छ ।

    बिगतका बर्षमा कार्यक्रमको कार्यबिधि नआएका कारण कार्यन्वयनमा चुनौती देखिए पनि अहिले अधिकांस कार्यक्रमको कार्यबिधि आईसकेकाले कार्यन्वयनमा त्यति समास्या नरहेको प्रमुख ढकालको भनाई छ । अब छिट्टै नै कार्यक्रम कार्यन्वयका लागि सुचना प्रवाह गरेर समयमा कार्यक्रम कार्यन्वयन गर्ने योजनामा कृषि ज्ञान केन्द्र रहेको छ । किसानहरुले कार्यक्रमबारे जानकारी नपाएको गुनासोलाई सम्बोधन हुने गरी यो बर्ष कार्यक्रमको सुचना वडा स्तरसम्म पुर्याउने संयन्त्रका साथ कृषि ज्ञान केन्द्र अगाडी बढ्ने जनाएको छ । जसले कार्यक्रम प्रभावकारी कार्यन्वयन हुने आपेक्षा समेत गरिएको छ । कृषि ज्ञान केन्द्रको हलमा भएको कार्यक्रमा भेटेनरी अस्पताल तथा पशुबिज्ञ सेवा केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, मकै जोन कार्यक्रम बाँकेका प्रमुख कफिल अहमद लगायत् कृषि प्रबिधिक, किसान सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

  • २८ श्रावण २०७८, बिहीबार १६:३३ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त