काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको अभिलेख अनुसार मुलुकभरीमा कोरोना संक्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन् । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालभरी १० हजार २१२ पुगेको छ । त्यस्तै २ हजार ४७३ थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १०८०६ पीसीआर परीक्षणमा थप २४७३ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेनद्धारा ४ ६५६ को परीक्षण गर्दा ७०८७ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।