तेज भनेकै तेजः जसले सहजै साईकलबाटै महाकाली मेची पार गरे – Dastabej

तेज भनेकै तेजः जसले सहजै साईकलबाटै महाकाली मेची पार गरे


  • सतीश निरौला ।

  • नेपालगन्ज । तेज अर्थात गतिसिल र तीब्र यिनै अर्थ लाग्छन् । तेज शब्द को हो नाम जस्तै काम पनि, बाँके खजुरा २ का तेज बिक्रम शाहको छ। यही श्रावण १८ गतेदेखि महाकाली मेची साइकल यात्रामा निस्किएका तेजबिक्रम शाह ले ५६ बर्षको उमेरमा कोभिड १९ बाट मृत्यु भएका नेपाली नागरिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै एकल साइकल यात्रा निर्धारित ११ औं दिन पूरा गरेका छन् । महाकाली को दोधाराचादनी पुलबाट शुरु भएको साइकल यात्रा मेची पुलमा पुगेर समापन भएको साइकल यात्री तेज बिक्रम शाह ले जानकारी दिए ।

    यात्राको पहिलो दिन १३५ किलोमीटर साइकल चलाएर टिकापुर पुगेका शाह दोश्रो दिन टिकापुरबाट नेपालगन्ज , लमही , गोरुसिङ्गे, बुटवल, नारायणगढ, हेटौंडा, बारा, हुँदै यात्रा को ११ औं दिन श्रावण २८ गते मेची पुल पुगेका हुन ।
    यात्रामा आफूले विश्राम लिएका सबै शहरमा स्थानीय साइक्लिस्टहरु, साइक्लिङ्ग क्लब हरुबाट असाध्यै माया, सम्मान , र राम्रो आथित्यता पाएको साइकल यात्री शाहले बताए । शाहलाई साइकल यात्राको अन्तिम दिनको यात्रामा झापाका साइक्लिस्ट जसले ७७ वटा जिल्ला साइकलबाट भ्रमण गरिसकेका छन् अर्थात तेजप्रसाद पराजुली उर्फ एभरेस्ट बाबू लगायतका साइक्लिस्टहरुले दमक बजारबाट मेची पुलसम्म साथ दिएका थिए ।

    बिहिबार पूर्वी नाका काँकरभिट्टा पुगेका साइकल यात्री शाहलाई यहाँका साइक्लिष्ट, स्थानीयबासी, जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुले भव्य स्वागत गरेका थिए ।शाहले कोरोना संक्रमणबाट दिवंगत भएकाहरुको आत्मशान्तिको कामना गर्दै आफुले मेची महाकाली साइकल यात्रामा निस्किएको बताएका थिए । तीन महिनाअघि संक्रमणमुक्त भएका शाहले संक्रमितलाई हेर्ने नजरमा परिवर्तन ल्याउँन उनीहरुको आत्मबल बढाउन आँफुले यात्रा गरेको दावी गरे ।मेचिपुल मा आयिजित समापनकार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, साइकल यात्री शाह लगायतले मनतब्य राखेका थिए ।

  • २९ श्रावण २०७८, शुक्रबार ०८:१३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु