रुपन्देही । बलात्कार प्रयास गरेको आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीका डीएसपी सत्यनारायण थापाले एक महिलाले आफैलाई बलात्कार प्रयास गरेको उजुरी दिएपछि बिहीबार नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भइरहेको बताएका छन् । महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले अनलाइनखबरलाई बताए ।