अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिबानको दाबी – Dastabej

अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जा गरेको तालिबानको दाबी


  • दस्तावेज

  •  

    काठमाडौं । विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ । तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । तालिबानका एक प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ । तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने विश्लेषण गर्न थालिएको छ । अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएको छ । तालिबानले एक हप्ताको बीचमा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ ।

    हालैमात्र तालिबानले महत्वपूर्ण शहरहरु गजनी र हेरातलाई नियन्त्रणमा लिएको थियो । गजनीबाट राजधानी काबुल १५० किलोमिटर मात्रै टाढा पर्दछ ।  तालिबान समूहले अब राजधानी काबुलमा आक्रमण गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी सेनाले पनि तालिबानले ३० देखि ९० दिनको अन्तरमा राजधानी काबुल कब्जा गर्न सक्ने आशंका गरेको थियो । अमेरिकाले आफ्ना नागरिक फिर्ता ल्याउन ३ हजार सैनिक अफगानिस्तान पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । पेन्टागनका प्रेस सचिव जोन किबीले अमेरिकी रक्षा विभागले काबुलस्थित दूतावासबाट आफ्ना कर्मचारीलाई सुरक्षित निकाल्न सेना पठाउन लागेको जानकारी दिएका हुन् । यसअघि अमेरिकाले तालिबान समूहसँग वार्ताको क्रममा काबुलस्थित आफ्नो दूतावासमा केही पनि नगर्न भनेको समाचार सार्वजनिक भएको थियो । अनलाईन खबर

     

  • २९ श्रावण २०७८, शुक्रबार ०९:४९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ