काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ । मौद्रिक नीति साउनको पहिलो साता नै सार्वजनिक गर्ने मिति तय गरिएको थियो । तर सरकार परिवर्तनका कारण ढिलाइ भएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ ।
कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र र सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट समेतलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।