बुटवल । सूर्य चुनाव चिह्नबाट निर्वाचित प्रदेश सभा सदस्य अजय शाही गबन्धन दलबाट मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएपछि नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । शाही हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएका हुन । एमालेको साथ छाडेपछि पार्टीका संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले स्पष्टीकरण सोधेका हुन । तीन दिन भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रकृया अघि बढाइने पत्रमा उल्लेख छ । एमालेले शाहीसँगै तत्कालीन नेकपाबाट चुनाव जितेकी विमला वलीलाई पनि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक ढकालले बताए ।