नेपालगन्जदेखि बर्दियाको मैनापोखरसम्म फोरलेन सडक बनाउन डिपीआर तयार - Dastabej

नेपालगन्जदेखि बर्दियाको मैनापोखरसम्म फोरलेन सडक बनाउन डिपीआर तयार


  • दस्तावेज

  • नेपालगन्ज । संघीय सरकारले गुलरीया हुलाकी राजमार्ग अन्र्तगत नेपालगन्जको धम्बोझी चोकदेखि बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म फोरलेन सडक बनाउने निर्णय गरेको छ । त्यसका लागि सडक विभागले पहिलो चरणमा १३ करोड बजेट छुट्याई सकेको छ । धम्बोझीदेखि मैनापोखरसम्मको २० किलो मिटरसम्मको फोरलेन सडकका लागि डिटेल प्राजेक्ट रिर्पोट) (डिपीआर) तयार भइसकेको छ । फोरलेन सडक निमार्ण योजना भने बहुबर्षीया हो । सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख हुमबहादुर एसीले उक्त आयोजना विभागको रहेको भन्दै डिपीआर तयार भइसकेको पुष्टि गरे ।

    उनले नेपालगन्जबाट मैनापोखरसम्मको सडकमा आवश्यक पर्ने स्थानहरुमा फोरलेन बनाउने योजना रहेको सुनाए । हाल बाँकेको खजुरा, बर्दियाको बाँसगढी बजारमा फोरलेनको सडक निमार्णकै क्रममा छ । उनका अनुसार नेपाल सरकारको बजेटबाटै बहुवर्षिय योजना अनुसार क्रमगत फोरलेन सडक निमार्ण हुने छ । खजुरा गाउँपलिकाका प्रमुख किस्मतकुमार कक्षपतिले फोरलेनको डिपीआर निमार्णपछि काम छिटै अगाडि बढाउनु पर्ने सुझाव दिए । उनले फोरलेन सडकले बाँके र बर्दियाको विकासमास ठूलो सहयोग पुग्ने विश्वास जनाए ।

  • २९ श्रावण २०७८, शुक्रबार १४:२१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा