धनगढी । बर्षाका कारण सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी जलमग्न भएको छ । दुई दिनदेखि भइरहेको बर्षाका कारण कैलालीका बस्तीहरु जलमग्न भएका हुन । धनगढी उमहानगरपालिकाको मुख्य र सहायक सडक जलमग्न भएपछि आउजाउमा समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयसहित अधिकांश कार्यालय परिसरमा दुई÷तीन फिटसम्म पानी जमेको छ ।