काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दोस्रो दिन पनि बसेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तर क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।