काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरमा दोषी ठहरइएका फरार काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र रु बीस लाख जरिवाना हुने ठहर गरेका थियो । उनी हालसम्म फरार थिए ।