दोलखा । भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई शुक्रबार आगलागी हुँदा हतियारसमेत जलेर नष्ट भएको छ । भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाका अनुसार उक्त प्रहरी चौकी अस्थायी टहरामा राखिएको थियो । आगलागीले टहरासंगै हतियार जलेको छ । भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।