नेपालगन्ज । चाडपर्ब नजिकिएसंगै सिमावर्ती भारतीय बजार रुपैडिया जाने उपभोक्तहरुको लर्को लागेको छ । दैनिक ४।५ हजार मनिसहरु किनमेलका लागि रुपैडिया जाने गर्दछन् । रुपैडिया बजारबाट एक भारी समान किनेर आउदै गरेकी कोहलपुरकी गीता मल्लाले सस्तो पाउने भनेर रुपैडिया बजारमा समान किन्न गएको बताईन । रुपैडिया बजारमा नेपालगन्जको भन्दा समान सस्तो पर्ने भएकाले केही रुपैया बच्ने उनले जनाईन जनााइन । दैनिक हजारौ सर्वसाधारण सीमा वारपार गर्दा बाँकेमा कोरोना संक्रमणको एकदमै जोखिम छ । तर सीमामा रहेका सुरक्षाकर्मीले समान्य सोधपुछ गरेर समान ओपारपोसार गर्न दिइरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जाँदाखेरी एउटा कामले जाने आउँदाखेरी समान लिएर आउने गरेको बताए । प्रशासनले नाका कडाई गरेको उनले जनाए ।
प्रशासनले रोक लागाए पनि नागरिकहरु बिभिन्न बहानामा जदाँ जोखम बढेकाले नागरिक स्वंयम सचेत हुनपुर्ने उनले बताए । औषधी उपचारका लागि प्रशासनले रोक लागएको छैन । तर भारतीय बजार रुपैडिया जाने सबैजसो नागरिकहरु लट्टाकपडा, खाद्यन्न, लगायत्का समाग्री किनमेल गर्न गैरहेकाछन् । भारतबाट फर्किने सबैलाई रोक्ने हो भने अर्को समस्या आउने प्रमुख जिल्ला अधिकारी गेलालको भनाई छ । नेपालगन्ज, कोहलपुर, खजुरा लगायत् छिमेकी जिल्लाबाट समेत दैनिक नागरिकहरु खाद्यन्न, कपडा, तरकारी लागायत्का समान किन्न रुपैडिया जाने गरेकाछन् । यता नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहदि मन्सुरीले पहिला भन्दा निकै कम उपभोक्तहरु रुपैडिया बजार जाने गरेको बताए । पहिला भन्दा नेपालगन्जका उपभोक्तहरु सचेत भएको दाबी समेत मन्सुरीले गरे । रुपैडियाबाट आउने सबै समानको भन्सार हुनुपर्ने माग समेत उनले गरे ।