दुनियाको सहयोगी, नेपालगन्ज ग्यालरीः बर्षौदेखि बेपत्ताको खोजिदेखि सहयोगी मन जोड्दै – Dastabej

दुनियाको सहयोगी, नेपालगन्ज ग्यालरीः बर्षौदेखि बेपत्ताको खोजिदेखि सहयोगी मन जोड्दै


  • दस्तावेज

  • नेपालगन्ज । सामाजिक सन्जालमा कति दम छ ? यसको सकारात्मक प्रयोगले दुनियाको सहयोगी कसरी बन्न सकिन्छ । यसको पछिल्लो उद्दहरण बनेको छ, बाँकेबाट सन्चालित नेपालगन्ज ग्यालेरी । २० वर्षदेखि परिवारको सम्पर्कमा नरही बेपत्ता भएका व्यक्ति, घरबाट भागेका किशोरी खोज्न सहयोग गरेको छ नै रगत नपाएर अस्पतालमा छटपटिरहेका विरामीहरुको सहयोगी बनेको छ । आर्थिक अवस्था कमजोर भएका विरामीहरुको उपचारमा सहयोग गर्न सहयोगी मनहरु यही ग्यालरीले  खोजिदिने गर्दै आएको छ । पछिल्लो पल्ट बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ९ बेतहनीका ३ किशोरी घरबाट  भागेको केही समयमै नेपालगन्ज ग्यालरीकै सहयोगमा उनीहरु फेला परेका छन् । किशोरी हराएपछि  ल-यन बुढा मगर   ले हेल्प पोष्ट भन्दै नेपालगन्ज ग्यालरीमा पोष्ट गरे ।

    बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका, वडा नं ९, बेतहनी, ठाकुरद्वाराका ३ जना बहिनीहरु हिजोबाट हराइरहेका छन्। GPS track गर्दा location- Nepalgunj, Ganeshpur देखायो रे जुन ठाउॅ Nepal-India Borderline नजिक भएकोले कसैले बेच्न लग्यो कि भनेर शन्का छ। हजुरहरुको सानो सहयोगले यि ३ नानीहरु ठुलो समस्याबाट जोगिन सक्नेछन्।  कृपया like, comment, share, boost गरी र केहि सुचना भएमा Message वा Comments गरि कसैका छोरी, बहिनी, नातिनीलाई दुर्घटना बाट बचाउन सहयोग गरौं। धन्यवाद!  Source: Santosh Acharya फेसबुक वाल

    यो पोष्ट केहीबेरमै भाइरल बन्यो । केही समयमै यस्तो खबर आयो, हिजो बिहानदेखि हराइरहेका बहिनीहरु नेपालगंज(काठमाडौं जाने क्रममा फेला परेका छन् र परिवारको सम्पर्कमा पनि आइसकेका छन्। यो पोष्ट छोटो समयमै धेरै सेयर गरि सहयोग गर्नुहुने सबैमा हार्दिक नमन तथा धन्यवाद । शनिबार उनीहरु घर पुगिसकेका छन् । यसअघि २० वर्षदेखि बेपत्ता भएका एक व्यक्ति नेपालगन्ज ग्यालरीकै सहयोगमा परिवारको सम्पर्कमा आएका छन् ।

    भारतमा रहेका कृष्ण सिंहले यो पोष्ट गरेपछि २० वर्षदेखि बेपत्ता नरबहादुर खत्री परिवारको सम्र्पकमा आएका हुन ।

    मानिस भेटिएको सूचना

    बुवा – नर ब खत्री
    आमा – रेबा कु खत्री
    दाजु – हरि ब . र प्रेम प्रकश ( गोबिन्द आर्ट )
    भाइ – ठाकुर प्रशाद खत्री
    ठेगाना – साबिकको खासकुस्मा गा बि स वडा न १ कुसुम बाके ( बेरिएलको सामुन्ने ) पुरानो मिल वाला बैदारको छोरा नाम -रोबार ब . उर्फ नारायण बताउने उमेर ५६ बर्ष । २६ बर्ष देखि घर नगएको मानिस फेला पर्नु भएको छ । यो पोस्ट उहाको घर सम्म पुर्याउन सहयोग गर्नुहोला । मेरो contact no 8273440091

    त्यस्तै यसअघि नेपालगन्ज ग्यालरीकै कारण हराएकी एक किशोरी फेला परेकी थिईन । नेपालगन्ज ग्यालरीले उक्त सूचना पोष्ट गरेको थियो ।#Help #Support #Share बालिका हराएको सूचना ।आज जेष्ठ २२ गते शनिबार बिहान ११ बजे मस्जिद टोल , धम्बोझी नेपालगन्ज बस्ने १२ वर्षीया नमाज शिफा शेख हराइरहेकी हुँदा ( आज हरियो कुर्ता सुरुवाल लगाएकि थिइन् ) कसैलाई केही जानकारी भए या कतै देख्नु भएको छ भने नजिकको प्रहरी कार्यालय या संपर्क नम्बर 9816513988 ( बुवा गुलाम अलि ) वा 9826559275 ( मामा राजु अहमद ) लाई खबर गरिदिन हुन हार्दिक अनुरोध छ ।

     

    रोल्पा होलेरी घर भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको अर्थो डिपार्टमेन्ट बेड १० मा उपचारार्थ २३ बर्षिय दिपक बुढा आर्थिक अभावको कारण आंशिक उपचार गराई बिचमै रोक्नुपर्ने र घाईते अवस्थामै घर फर्कने अवस्था थियो । उक्त खबर पनि नेपालगन्ज ग्यालरीमा भाइरल बनेपछि आर्थिक सहयोग जुटेको थियो । त्यसबारे ऋचा शर्माले लेखेका छन्,रोल्पा होलेरी घर भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको अर्थो डिपार्टमेन्ट बेड १० मा उपचारार्थ २३ बर्षिय दिपक बुढा आर्थिक अभावको कारण आंशिक उपचार गराई बिचमै रोक्नुपर्ने र घाईते अवस्थामै घर फर्कने अवस्था थियो । बुढा आफ्नै घर नजिक भिरबाट खसेका थिए । बुढाको दुबै खुट्टा भाचिएको थियो साथै तल्लो दाँतको गिजा तिन टूक्रा भई भाचिएको थियो ।यो अवस्थाको बारेमा फेसबुक ग्रुप नेपालगन्ज ग्यालेरी मार्फत विभिन्न सामाजिक कार्यमा लाग्नुभएका सञ्चारकर्मी समिर मान श्रेष्ठज्यूलाई मेसेज मार्फत जानकारी गराउँदा दिपक बुढाको उपचारमा वहाँले देखाउनु भएको तदारूकता र Nepalgunj Gallery मार्फत सहयोग अभियान चलाउनुका साथै अस्पताल र विभिन्न संस्था र व्यक्तिसँग समन्वय गरी सहयोग उठाएर दीपकको गिजा र दुबै खुट्टाको शल्यक्रिया गराई उनको घर होलेरीसम्म पुर्याउन सहयोग गरी अभियान सफल गराउनु भएकोमा Samir M. Shresthaज्यू र अस्पतालमा रहेर साथ र सहयोग गर्नुहुन अभिषेक सिंह ठकुरीज्यू र नेन नेपालगन्ज ग्यालेरीका सम्पूर्ण मनकारी सदस्यज्यूहरुको उच्च मूल्याङन गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछु । 💐💐💐 नेपालगन्ज ग्यालेरीले सधैं सबैको मन जित्दै जाओस् ।

    ‘यस्ता धेरै घटना छन् । यसरी सहयोग गर्न पाउँदा निकै खुसी लाग्छ,’ नेपालगन्ज ग्यालरीका एडमीन तथा फाउन्डर समिरमान श्रेष्ठ भन्छन्,‘रगत आवश्यक, चिकित्सक सल्लाह लगायतका दर्जनौ पोष्ट दैनिक हुने गरेका छन् । उक्त ग्यालरीमा १ लाख ३० हजार बढी मेम्बर छन् । ८० हजार भन्दा बढी सक्रिय मेम्बर रहेका छन् ।

     

  • ३० श्रावण २०७८, शनिबार १५:५२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन