नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको अभिलेख अनुसार नेपालमा थप कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । त्यस्तै थप २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमितहरुको सङ्ख्या ८ लाख ५ हजार नाघेको छ । मृतकको सङ्ख्या १०,२५९ पुगेको छ। गत २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका सबभन्दा बढी सङ्ख्यामा सङ्क्रमित बनेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। पछिल्लो २४ घण्टामा १३,५७३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। ती मध्ये ४,९०६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
।