नेपालगञ्ज छात्रा कलेज सन्चालनका लागि समिति गठन – Dastabej

नेपालगञ्ज छात्रा कलेज सन्चालनका लागि समिति गठन


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्जमा सन्चालन गर्न लागिएको छात्रा कलेजको सन्चालक समिति गठन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सन्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका हुन । सो अवसरमा नगरप्रमुख राणाले महिला कलेज सन्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सन्चालन गर्न लागिएको राजनीतिक प्रभावविना निष्पक्ष भएर काम गर्न आग्रह गरिन ।नेपालगन्ज उपमहानगरपालिकाले मंगलप्रसाद उच्च माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारेको छ । यस वर्र्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालन अनुमतिका केही दिनमै प्रस्तावनापत्र मध्यपश्चिम विश्व विद्यालयमा पेश गरिने नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापाले बताए ।

    नेपालगन्जका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । मधेसी आयोगका सदस्य गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मो. खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता रहेका छन् । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समितिमा प्रतिनिधित्व हुनेछ । यसैगरी नगर प्रमुख डा. धवल शम्शेर राणाको संयोजकत्वमा डा. एम किदवाई, डा. कौशलकुमार वर्मा, परवेज अली सिद्धिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ ।

     

  • ३० श्रावण २०७८, शनिबार २२:२६ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ