कांग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म - Dastabej

कांग्रेस महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म


  • दस्तावेज

  • काठमाडौँ । नेपाली काङ्ग्रेसको बैठकले १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । यसअघि निर्धारित मिति (आगामी भदौ १६ देखि १९ गतेसम्म) मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो ।

    बैठकले भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । यसैगरी गाउँ÷नगर वडा अधिवेशन भदौ १८, गाउँ÷नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

  • ३१ श्रावण २०७८, आईतवार ०७:२० प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा