कैलाली । लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालक १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको थियो । गम्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जनाइएको छ ।