थारु समुदायको मानक भाषाका लागि बहस – Dastabej

थारु समुदायको मानक भाषाका लागि बहस


  • दस्तावेज

  • भक्तपुर। पुर्ब मेचीदेखि पश्चिम मकाकालीसम्म छरिएर रहेका थारु समुदायलाई भाषाले जोड्न र एकरुपता दिन मानक भाषा बनाउन बहस सुरु भएको छ । नेपालभरीका थारु अगुवाहरु काठमाडौंको भक्तपुरमा बहस सुरु भएको हो । थारु कल्याणकारी सभा केन्द्रीय कार्य समितिको समन्वय र थारु आयोग अनामनगरको आयोजनामा बहस सुरु भएको छ । भाषाबिद प्रोफेसर डा. दानराज रेग्मीले नेपालको चौथो भाषाको रुपमा रहेको थारु समुदायको मानक भाषा सर्वस्वीकार हुनेखालको हुनु पर्ने बताए । उनले पुर्बपश्चिम थारु समुदायको भाषा फरक रहेपनि सामाजिक स्वीकार्यताका माध्यमले मानक भाषा बनाउन सक्ने सुझाव दिए । त्यस्तै अर्का भाषाबिद प्रध्यापक डा. नेत्रमणि राईले आफ्नै समुदायका कारण थारु समुदायको मानक भाषा बन्न नसकेको बताए । उनले नेपालको चौथो भाषाको रुपमारहेको थारु भाषाको मानक नहुनु दुखद रहेको जनाए । उनले भाषा लोप भयो भने कुनै समुदाय मानवबाट दानब हुनसक्ने नजिर पेश गरे ।

    थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु लेख्य अवस्थालाई एकरुपता ल्याउन थारु मानक भाषा बनाउन अपरिहार्य भएको बताए । थारु समुदाय तराईका २४ जिल्लामा छरिएर रहेकाले उच्चारणमा विविधता भएको र त्यसलाई एकरुपता ल्याउन कार्यक्रमको आयोजना भएको जनाए । मानकीकरण गर्नु चुनौतिपूर्ण रहेपनि समुदायमा समझदारी बनाएर अघि बढ्न अनिवार्य रहेको उनले बताए । आयोगका अध्यक्ष चौधरीले मानक बनेपछि त्यसलाई पठन पाठन र सरकारी कामकाजका लागि पहल गरिने स्पष्ट पारे ।थारु आयोगका सदस्य भोलाराम चौधरीले थारु भाषाको संरक्षण र जगेर्ना गर्ने अभिभारा थारु समुदायको काँधमा रहेको बताए । जनसंख्या बृद्धि भएपनि थारु भाषा वक्ताहरु ओरालो लाग्नेक्रममा रहेको उनले चर्चा गरे । बसाई सराईको चपेटामा भाषाहरु पर्ने गरेको चर्चा गर्नुहुँदै आयोग सदस्य चौधरीले थारु मातृभाषालाई एकरुपता कायम गर्न मानक बनाउने अभियान शुरुभएको बताए ।

    थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले भाषिक एकता कायम गर्न थारु आयोगसँग सहकार्य गरी अभियान शुरु भएको जानकारी दिए । थारु भाषाको नाममा समाज फुटाउने प्रयास पनि भइरहेकाले थारु समुदाय त्यसमा सजग हुनुपर्ने उनले बताए । थारु भाषामा निकै कम अनुसन्धान रहेको चर्चा गर्नुहुँदै थारु समाजका विज्ञ, अगुवा तथा भाषाप्रेमीहरुले आफ्नै सक्रियतामा मानक भाषालाई अन्तिम रुप दिन लाग्नुपर्ने बताए । आदिबासी जनजाति आयोगकी सदस्य रीना रानाले मानव सभ्यताको जीवितरुप भाषा भएकाले यसको संरक्षणमा सबै समुदाय लाग्नुपर्ने बताईन ।
    राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले भाषा विचार विनियम गर्ने माध्यम भएकाले समुदायले स्वीकार गर्नेखालको बन्नु आवश्यक रहेको बताए । थारु समुदायको साझा सम्पत्तिकोरुपमा मानक भाषा स्थापित हुने उनले विश्वास व्यक्त गरे । थारु समुदायले तयार गरेको मानकलाई थारु आयोगले सरकारलाई सिफारिस गरेमा कार्यान्वयनमा जाने उनले बताए ।
    मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले थारु मानक भाषा निर्माणले थारु एकतामा सहयोग गर्ने विश्वास व्यक्त गरे । राज्यबाट पाउने आरक्षण र सुविधाका लागि पनि भाषा एकरुपताको आवश्यकता हुने नले चर्चा गरे। मानक भाषा बनाउँदा चुनौति तमाम आउने भएपनि त्यसलाई अवसरमा बदलेर थारु समुदाय अघि बढ्नुपर्ने उहाँले सुझाए ।
    रुम टु रिडका नेत्रप्रसाद दाहालले भाषा, सरल, सहज र स्वीकार्य हुनु अनिवार्य रहेको बताए । भाषा अभ्यास गर्नेखालको, व्यवसायिकता हुनुपर्ने उहाँले चर्चा गरे । भाषा एकरुपताका लागि पाठ्यक्रममा लग्न अनिवार्य रहेको उनले जोड दिए । भाषाले संस्कार र संस्कृतिको जगेर्ना गर्ने हुनाले भाषाको संरक्षण अनिवार्य रहेको उनलेबताए । थारु आयोगका सचिव श्री कृष्णकान्त उपाध्यायले कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य राखे ।साउन ३१ गतेदेखि भदौ २ गतेसम्म चार दिन चल्ने आयोजकले जनाएको छ ।

  • ३१ श्रावण २०७८, आईतवार १४:३४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु