बर्दियामा बङ्गुर मिसन कार्यक्रम – Dastabej

बर्दियामा बङ्गुर मिसन कार्यक्रम


  • दस्तावेज

  • बर्दिया । बर्दियामा बङ्गुर मिसन र मकै मिसन कार्यक्रम हबका रुपमा विकास हुँदै गएको छ । आर्थिक वर्ष ०७७।७८ को वार्षिक प्रगति र आर्थिक वर्ष ०७८।७९को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गर्नुभएको थियो । उहाँले गत आवमा रु १४ करोड १६ लाख ४४ हजार बजेटमध्ये गत वर्ष रु नौ करोड ५७ लाख बराबरको कार्यक्रम तथा खर्च गरेको जानकारी गराउनुभयो ।

    स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ मकै, आलु, बाख्रा, बङ्गुरको मूल्य शुङ्खला विकासमा अब्बल बन्दै दिगो व्यावसायिक उत्पादन सुरु भएको उहाँले बताउनुभयो । आव २०७७।७८ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको ६७.५६ प्रतिशत वित्तीय प्रगति गरेको छ । आव २०७७।७८को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण गर्दै कार्यालय प्रमुख घिमिरेले करार खेती कार्यक्रममा लक्ष्यअनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्नबालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादनतर्फ आकर्षित भएको बताउनुभयो ।

    यहाँको घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्क पठाइएको र स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसँगै घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्कमा पठाइएको उहाँले जानकारी गराउनुभयो । बङ्गुर स्रोत केन्द्र, बङ्गुर मिसन र बङ्गुर स्मार्ट गाउँ केन्द्रित रहेको बारबर्दिया र बाँसगढी क्षेत्र बङ्गुरको हबका रूपमा विकसित भइरहेको उहाँले बताउनुभयो । चालु आवमा सो कार्यक्रमका लागि रु १७ करोड ९३ लाख कूल बजेट छुट्टयाइएको छ । रासस
    –––

  • ३१ श्रावण २०७८, आईतवार १४:५६ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान