काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार जारी गरेको अभिलेख अनुसार नेपालमा कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी थप २,२१२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०,२९२ पुगेको छ। सङ्क्रमितको कुल सङ्ख्या आठ लाख सात हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १२,१०६ जनाको परीक्षण गर्दा धेरै सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ४,०१८ जनाको परीक्षण एन्टिजन विधिबाट र अन्यको पीसीआरबाट परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये ३५ हजारभन्दा बढी घरमा तथा ४,२८० जना संस्थागत आइसोलेशनमा छन्। हाल ७५८ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन्।