काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत एक प्रहरी सहायक निरीक्षकले १ करोड ३ लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको भन्दै मुद्दा दायर गरेको छ ।
प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरिएको हो । कार्कीले कल्याण कोषमा कार्यरत पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । अख्तियारले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।