अफगानबाट नेपालीहरुले दस्ताबेजसंग भने,‘ कतार जान हामी जहाज चढिसक्यो, अहिलेसम्म सुरक्षित छौँ’ – Dastabej

अफगानबाट नेपालीहरुले दस्ताबेजसंग भने,‘ कतार जान हामी जहाज चढिसक्यो, अहिलेसम्म सुरक्षित छौँ’


  • सतीश निरौला

  • नेपालगन्ज । अफगानिस्तानमा तालिवनको कब्जापछि गरेका कारण राष्ट्पति असरफ घानीले देश छाडेपछि त्यहाँ रहेका नेपालीहरुको सुरक्षालाई लिएर सर्बत्र चासोको बिवष बनेको छ । सरकारले त्यहाँ रहेका नेपालीहरुको उद्दारका लागि एक समिति गठन गरी भदौ १० गते जहाज पठाउने निर्णय गरेको छ । अफगानमा तालिवानले कब्जा गरेपछि नेपालीहरुको अवस्था बारे दस्ताबेज डटकमका सतीश निरौलाले त्यहाँ रहेका नेपालीहरुसंग सम्पर्क गर्ने प्रयास गरेका थिए । त्ससक्रममा अफगानमा रहेका नेपालीहरुले सदरमुकाम काबुलबाट एयरपोर्ट पुगिसेकेको र त्यहाँबाट जहाज चढेर कतार जान थालेको बताएका छन् । आईतबार राति मध्य रातमा बन्धु पदम बहादुर निरौलाले एयरपोर्टबाट कतार जानका लागि नेपालीहरु जहाज चढेको तस्बिर दस्ताबेजलाई पठाएका थिए । उनले आफू र आफूंग रहेका सबै नेपालीहरु सकुशल रहेको र चिन्ता नलिन शुभचिन्तकहरुसंग आग्रह गरेका छन् । ‘हामी सबै सुरक्षित छौँ र कतार जानका लागि जहाज चढिसकेका छौँ,’ उनले भ्वाईस च्याट भनेका छन् ।

    त्यसअघि “अफगानको पछिल्लो अवस्था बारे सवत्र्र चासो को बिषय बनेका बेला अफगनामा रहेका निरौलाले आइतबार राती ८.४५ बजे एउटा पोस्ट गरे,(अफगानको बिग्रदो परिस्थितीको खबर मिडियाहरूमा छाएपछि मलाई संझेर धेरै कल मेसेज आएको छ सबैलाई रिप्लाई दिन सकिरहेको छुइन तसर्थ हामी सकुशल छौ र नेपाल फिर्ता हुने क्रममा रहेकोले चांडै स्वदेश आईपुग्ने जानकारी सबैलाई गराउन चाहान्छु ।”

    आईतबार राति मध्य रातमा बन्धु पदम बहादुर निरौलाले एयरपोर्टबा पठाए को तस्बिर
    फगानिस्तानबाट अमेरिकी सेना फर्किएको ४५ दिनपछि तालीवानले कब्जा जमाएको छ । नेपालीहरु विश्व बैंक, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय, विदेशी सुरक्षा कम्पनी र अफगानिस्तानस्थित विदेशी कम्पनीमा काम गर्न पुगेका थिए । सुरक्षा कम्पनीमार्फत गएका नेपाली अमेरिकी दूतावास, बेलायती दूतावास लगायतको सुरक्षामा खटिएका थिए। उनीहरु अमेरिकाद्वारा ल्याइएका विज्ञहरुको सुरक्षामा पनि खटिएका छ्न। सन् २०१६ मा काबुलस्थित क्यानडाको दूतावासमा भएको आत्मघाती आक्रमणमा १३ नेपालीको मृत्यु भएको थियो।

  • ३२ श्रावण २०७८, सोमबार ०७:३८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ