बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु - Dastabej

बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु


  • दस्तावेज

  • बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

    पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाईते भएका बर्दियाका चेतन बोहोरा र प्रदिप चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका दुबै जनालाई उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
    प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

  • ३२ श्रावण २०७८, सोमबार १२:२५ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा