काठमाडौं । प्रधानमन्त्री केपी ओली सरकारले नियुक्त गरेको प्रदेश नम्बर २ का प्रदेश प्रमुख रजेश झा अहिराजलाई नयाँ सरकारले परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अहिराजलाई पदमुक्त गर्दै महोत्तरीका कांग्रेसका पुराना नेता हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ । अहिराजलाई अघिल्लो ओपी नेतृत्वको सरकारले २०७७ फागुन ७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।