नेपालगन्ज । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालसयले सोमबार दिउँसो सार्वजनि क गरेको विवरण अनुसार कोरोना भाइरसका कारण नेपालमा थप ३६ जनाको मृत्यु भएको छ । त्यस्तै, ३,४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोमबार सार्वजनिक गरेको विवरणसंगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख १० हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,३२७ पुगेको छ। पछिल्लो परीक्षणमा १५,६११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ५,५१८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको छ ।