बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ र ८ अन्तर्गत रहेका प्रत्याभुत बालबालिकाहरुलाई यौन तथा प्रजनन र स्वास्थ्य सम्बन्धि परामर्श दिइएको छ । महिनावारी स्वच्छता, बालविवाहबाट पर्ने प्रजनन स्वास्थ्यमा पर्ने असर, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरुको बारेमा परामर्श गरिएको छ । प्लान ईन्टरनेशनल नेपाल को साझेदारी संस्थाले क्रियाकलाप सन्चालन गर्दा पालना गर्नुपर्ने युवा संरक्षण नितिको बारेमा परियोजना संयोजक दिनेश चौधरीले अभिुखिकरण गरेका थिए । कार्यक्रममा ३ जना पुरुष र ११ जना महिला गरी जम्मा १४ जना प्रत्याभुत बालबालिकाहरुको सहभागिताता रहेको थियो ।
प्लान ईन्टरनेशन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँकेको साझेदारीमा सन्चालित बालविवाह, छिटो विवाह र जबरजस्ति विवाह परियोजना अन्तर्गत प्रत्याभुत बाल बालीकाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि परामर्श र प्लान ईन्टरनेशनल नेपालको युवा संरक्षण निती सम्बन्धि अभिमुखिकरण गरिएको हो ।