नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १५ स्थित भन्सार कार्यालय नजिकबाट १ वटा बाघको मुर्ती फेला परेको छ । पित्तलको जस्तो देखिने उक्त बाघको मुर्ती कहाँबाट ल्याइएको हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको मुर्तिलाई भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाईएको छ ।