मध्यरातमा एमाले अध्यक्ष ओलीले भने, “पार्टी विभाजन मान्य र क्षम्य हुँदैन” – Dastabej

मध्यरातमा एमाले अध्यक्ष ओलीले भने, “पार्टी विभाजन मान्य र क्षम्य हुँदैन”


  • दस्तावेज

  • नेपालगन्ज । सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन सांसद अधिबेशन अन्त्य गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले त्यसको कडा आलोचना गरेको छ । उसले सरकारले एमालेलाई विभाजन गर्न खोजेको भन्दै आक्रोस पोखेको हो । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्य रातमा दुई पानाको बिज्ञप्ती जारी गरी पार्टीको संसदलीय दलमा विभाजन गर्ने, कुनै पनि बहाना वा षडयन्त्र पार्टी र क्षम्य र मान्य नहुने जनाएको छ । अध्यक्ष ओलीद्धारा जारी ५ बुदें बिज्ञप्तीको ३ नम्बर बुंदामा भनिएको छ, केही समय यता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई बिभाजन गर्ने गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखिभोगिरहेका छौंँ । पुर्ब घोषित प्रतिबद्धता विपरित प्रतिनिधिसभा हठात अन्तय गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई बिभाजन गर्ने षडयन्त्रय मान्य र क्षम्य हुनसक्दैन । यसैबीच एमालेका अध्यक्ष ओलीले मंगलबार विहान ११ बजे स्थायी कमिटी र त्यसपछि संसदीय दलको बैठक बोलाएका छन् ।

     

  • १ भाद्र २०७८, मंगलवार ०७:५७ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त