बर्दिया । बर्दियाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । उक्त कार्यक्रममा प्रत्येक पालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य प्रमुख सहित २० जना स्वास्थ्यकर्मीहको उपस्थिीती रहेको थियो । स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरी र बर्दिया अस्पतालका प्रमुख डा. सुबास पाण्डेले सहजीकरण गरेका थिए भने कार्यक्रमको संन्चालन संस्थाका कार्यक्रम प्रबन्धक तेजमणी पन्थले गरेका थिए । कार्यक्रममा कोभिड प्रतिकार्य परियोजनाको “रिपोटिङ,रेकडिङ र तथ्यांक ब्यबस्थापन” बारे स्थानिय पालिकाका स्वास्थ्यकर्मीहरुलाई क्षमता बिकास संम्बन्धी सहजीकरण गरेका थिए । बर्दियामा निमित्त प्रमुख अधिकारी माधबप्रसाद शर्माले कोभिडको असर कम गर्न र क्षती न्युनीकरण गर्न संस्थाले गरेको कार्यको प्रंशसा गर्दै कार्यक्रमको सफलताको कामना गरेकाथिए ।
अस्पताल ब्यबस्थापनका समितिका अध्यक्ष अंगद श्रेष्ठले अगामी दिनमा स्वास्थ्य सम्बन्धी सेवा लिन चाहने बर्दियाबासीहरुलाई अस्पतालका सेवाहरु पनि जानकारी गराई दिन हुन आग्रह गरे । प्लान इन्टरनशेनल नेपालको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय बर्दिया र थारु म्हिला उत्थान केन्द्रको संयुक्त आयोजनामा उक्त कार्यक्रममा भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई स्वागत संस्थाका कार्यकारी निर्देशक प्रिज्मासिङ थारुले गरेका थिए भने कार्यक्रमको प्रगती प्रस्तुतिकरण परियोजना संयोजक आसाराम चौधरीले गरेको कार्यक्रम अधिकृत उपास्ना खड्काले जानकारी दिएका थिए ।