मुलुकै राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनाद्धारा ३० हजार हेक्टर जग्गामा सिंचाई – Dastabej

मुलुकै राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनाद्धारा ३० हजार हेक्टर जग्गामा सिंचाई


  • दस्तावेज

  • नेपालगन्ज । मुलुकै राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनाले यो वर्ष ३० हजार हेक्टर क्षेत्रफलमा सिंचाई भएको दाबी गरेको छ । १६ वर्षअघि निमार्ण कार्य सुरु गरिएको सिक्टा आयोजनाको काम सम्पन्न भएमा ४२ हजार हेक्टर सिंचाई गर्ने लक्ष्य राखिएको छ । तर आयोजना निमार्णको काम सम्पन्न गर्न ढिलाई हुँदा सिंचाई गर्ने किसानको सपना पूरा हुन सकेको छैन । एक साताअघि मात्रै अवकास लिएका आयोजना प्रमुख लोकबहादुर थापाले यो वर्ष ३० हजार हेक्टर जग्गामा सिंचाई भएको जनाए । उनका अनुसार पुर्बी नहरको राजकुलो शाखा, पश्चिम नहरको डुडवा शाखााट सिंचाई भएको बताए । त्यस्तै पश्चिम नहरको सिवनीया, गोहवा, अकलघरवा, पेडारी गाउँ र गुरुवा गाउँ गरी ७ वटा सहायक नहर निमार्ण गरी सिंचाई गरिने छ । पहिले नै निमार्ण भएको डुडवा शाखाबाट १२ हजार हेक्टर जग्गामा सिंचाई भइरहेको आयोजनाले जनाएको छ । त्यस्तै राजकुलोबाट १५ हजार बढी हेक्टर र बैजनाथा क्षेत्रमा चार÷चार किलो मिटरको नहरबाट खोल्साखोल्सीबाट सिंचाई भइरहेको छ ।
    आयोजनाले पश्चिम भागमा सिंचाइका लागि ४५ किलो मिटर र पुर्बी भागका लागि ५३ किलो मिटर मुल नहर निमार्ण गरिहेको छ । पुर्बी भागको ४४ किलो मिटर र पश्चिम भागको मुल नहर निमार्ण भइसकेको छ । सहायक नहर पनि निमार्णको अन्तिम चरणमा छन् । उक्त आयोजना आर्थिक वर्ष ०७९÷८१ मा सम्पन्न गर्ने लक्ष्य थियो । उक्त आयोजनाको काम पछाडि धकेलिदै गएपछि लागत रकम बढ्दै गएको छ ।

    अगामि आर्थिक वर्ष ०८४÷८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत बढेर २५ अर्ब २ करोड पुगेको छ । २५ अर्ब २ करोड मध्ये १८ अर्ब रुपैया“ खर्च भइसकेको आयोजनाले जनाएको छ । अर्बौकोे लगानीमा निमार्ण भइरहेको आयोजनामा निर्माण भइरहेको राष्ट्रिय गौरबको आयोजनाको म्ुल नहर र स्लोभ पटकपटक भत्किने गरेकाले पनि समस्या थपिदै गएको हो । सुख्खाग्रस्त खजुरा, बैजनाथ र कोहलपुर नगरापालिकामा धान खेति आकासे बर्षाको भर पर्नु परेको छ । ‘नहरमा पानी आएको भए सिंचाई गर्न सहज हुन्थ्यो । अलिअलि आएको नहरको पानीले सबैलाई सिंचाई गर्न पुग्दैन,’ जानकी गाउँपालिकाका किसान दयाराम गोडियाले भने । आयोजनाको काम पछाडि धकेलिदै गएपछि बाँकेका पश्चिम क्षेत्रका किसानको सिंचाई सपना पूरा हुननसकेको हो । आयोजनाको मुल नहर पहिलो पल्ट ०७३ असार १४ गते परिक्षण गर्दा अगैया ब्यारेजदेखि पश्चिम तर्फ पर्ने २६ किलो मिटर दुरीमा मुल नहर भत्किएको थियो । आयोजनाले दोस्रो पल्ट मुल नहरमा पानी छोडेपछि चङगाई नाला नजिकै भत्किएको थियो । राप्ती नदीको अगैयास्थित ब्यारेजका १८ ढोकाहरु बन्द गरी पानी छोडिएको थियो । अगैयामा ३ सय १७ मिटर लामो पुल निर्माण गरी राप्ती नदीको पानीलाई छेक्न १८ वटा गेट राखिएका छन् । सिक्टाको मुल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिएको छ । बाँकेको ४२ हजार ७ सय हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य छ ।

  • १ भाद्र २०७८, मंगलवार ११:५८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश